एक लाख बाँदर चीनलाई बेच्ने तयारीमा श्रीलङ्का

74

श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेकाे छ ।श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेकाे छ ।

श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लाे समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएकाे छ । बाँदर बिक्रीका लागि चीनबाट आएकाे प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएकाे छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने याेजना रहेकाे जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेकाे बताउनु भएकाे छ ।

‘चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर लैजाने तयारी रहेकाे छ । मैले यसबारे अध्ययन गर्न र बाँदरले कृषिबालीलाई क्षति पुर्याउने भएकाले तथा यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिने गरिन्छ ।   श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेकाे अनुमान गरिएको छ । उज्यालाे अनलाइन

b 4
Leave A Reply

Your email address will not be published.