काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्ः मेयर साह

71

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन्।यसअघि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मेयर बालेनको विषयमा मन्त्रीपरिषद्को बैठकमासमेत छलफल भएको थियो।बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन्।‘कि काठमाडौँको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ उनले भने, ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्  ।

हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

b 4
Leave A Reply

Your email address will not be published.