काठमाडौँ महानगरपालिकाले आज (चैत्र २८ गते) मंगलबारसम्म राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन । मेयर साहले फोहोर नउठाउने अडान लिएदेखि फाेहर सिंहदरबारबाट बाहिर निकालिएको छैन । यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा पनि आइतबारदेखि नै फोहोर उठेको छैन ।दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ। तीन दिनदेखि फोहोर उठाउने परिवर्तन सेवा प्रालिका टिपरहरू सिंहदरबार, बालुवाटार र शीतल निवासमा प्रवेश गरेका छैनन्। यसबाट संघीय सरकार र महानगरबीच झगडा बढ्दै गएको छ।सरकारसँग आफ्नो १४ बुँदामा कुरा नमिलेसम्म कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर शाहको अडान छ ।
।