काठमाडौं । आज बसेकाे मन्त्रिपरिषद् बैठकमा सिंहदरवारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना भएको छ। शाहको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट बालेन्द्र साह भाग्न नमिल्ने बताइन्। मन्त्रिपरिषद् बैठकमा बालेन्द्र साह अराजकतातिर गइरहेकोबारे छलफल भएको बताइन्। काठमाडौंका मेयर बालेन्द्रले केही दिनअघि सरकारले समन्वय नगरेको भन्दै सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए।