काठमाडौं । पत्नी बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो । उनीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।
आरतीलाई गिरीले सोमबारमात्रै बोलाएर आफैँसँग राखेको भए पनि आरतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै साथीलाई गुहारेसँगै उनी पक्राउ परेका हुन् । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका थिए ।