सर्वसाधारणका लागी दोल्ती पावर कम्पनीकाे आईपीओ खुला

78

काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ खुला गरेको छ । इच्छुक व्यक्तिले उक्त शेयरमाआजबाट २०८० बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ ।सो अवधिमा सबै सेयर बिक्री नभएमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ ।बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.