विगतका सरकारले पानी जहाज, रेलका कुरा गरेर आर्थिक संकट निम्त्याइयो : छिरिङ लामा

64

काठमाडौं । सोमबार बसेकाे प्रतिनिधिसभाको  शून्य समयमा बाेल्दै नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले विगतका सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देश आर्थिक संकटमा परेको बताएकी छन् ।पानी जहाज, रेल, घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन् ।

‘अहिले देश आर्थिक संकटमा छ, किन यस्तो आवस्था आयो ? पक्कै पनि पहिलेका सरकारले ध्यान नदिएर होला । पानी जहाज, रेल, घर घरमा ग्यास, लाइनको कुरा गरेर समय खेर फालेर होला’ उनले भनिन् । सांसद लामाले यसअघिका सरकारले आवश्यक तुलनात्मक लाभका क्षेत्रमा लगानी नगरेको भन्दै अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताइन् ।

नेपालले जडिबुटी, जल, जंगल, अर्गानिक कृषि र पर्यटन क्षेत्र रहेको भन्दै सांसद लामाले कर्णालीको जडिबुटीलाई पहिलो प्राथमिकता दिन र निर्यात गरेर डलर आयात गर्न सकिने बताइन् ।

 

b 4
Leave A Reply

Your email address will not be published.