काठमाडौं । साेमबार बसेकाे प्रतिनिधि सभलाई सम्बोधन गर्दैनेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोल्दै्र वार्तामा भनिएको कोर टिम भनेको को–को हो भनी प्रश्न गरेका छन् । सांसद श्रेष्ठको घटनामा संसदीय छानविन समिति बनाएर अनुसन्धान गर्न पनि उनले आग्रह गरेका छन् ।
‘त्यो वार्तामा भनिएको छ, कोर टिमलाई बुझाउनु पर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको छानविन गर्नुपर्दैन सभामुख महोदय ? यसको छानविनका लागि यो संसद्भित्रको सदस्यले गरेको वार्तालापको सन्दर्भमा र भ्रष्टाचारको सन्दर्भमा यो संसद् चुप लागेर बस्न नहुने बताएका छन ।