धौलागिरी बेसक्याम्पमा हेलिकोप्टर दुर्घटना

80

पोखरा म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा एभरेष्ट हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले दुर्घटनाको जानकारी आएकाे बतायो । त्यसमा कति जना सवार थिए र अवस्था के छ भन्ने खुलेको छैन ।

पोखरा-धौलागिरी उडान गरेको हेलि एभरेष्टको हेलिकप्टर अवतरणका क्रममा ठोक्किएको छ। कार्गो उडान रहेको हेलिकप्टरमा क्षति भएपनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।हेलिकप्टर पाइलट प्रिया अधिकारीको कमाण्डमा थियो। अल्फा नोभेम्बर ब्राभो कलसाइनको हेलिकप्टर एक्कासी सम्पर्कविहीन भएको जानकारी कम्पनीमा आएको हो। त्यसपछि हेलि एभरेष्टले एयर डाइनेष्टीको हेलिकप्टर घटनास्थलमा परिचालन गरेको थियो।

Leave A Reply

Your email address will not be published.