काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्षको पछिल्लाे ८ महिनाको अवधिमा नेपालबाट १ अर्ब २० करोड ८७ लाख रुपैयाँभन्दा धेरैको पास्ता निर्यात गरेकाे छ । साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट अर्बौ रुपैयाँको पास्ता निर्यात भएको हो । नेपालबाट ४ प्रकारका पास्ता निर्यात हुँदै आएको छ । जसमा २ प्रकारका ‘अनकूक्ड’ पास्ता र २ प्रकारका स्टफ्ड पास्ता निर्यात हुन्छ । नेपालबाट विश्वका दर्जनौं देशमा पास्ता निर्यात हुँदै आएको सबैभन्दा ठूलो बजार भारत देखिएको छ ।अस्ट्रेलिया, जापान, इटाली, सिंगापुर, अमेरिका, बेलायत, हङकङ लगायत देशमा समेत पास्ता निर्यात हुँदै आइरहेको छ ।