विरेन्द्रनगर । शुक्रबार सुर्खेत मा पार्टी संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगिसकेकाले पुनर्गठन अनिवार्य र अपहरिहार्य भएकाे जनाएका छन ।
माओवादीमा कुनै सेल, कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी बनाइनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भए पनि हाल माओवादी र जनताबीच बेमेल रहेको बताएका छन ।