बुटवल-बसन्तपुर केवलकार बैशाख देखि सञ्चालनमा आउने

154
biddhut

रुपन्देही  ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने भएका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पटपनि रहने भएको छ । केबलकारको एक डिब्बामा ८ जनाले चढ्न सकिनेछ

dengu 3 1

कम्पनीले ९ वटा टवारसहित केवलकार निर्माण गर्नेछ। केबलकारको शिलन्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। जसमा कम्पनीले ३ अर्ब ५२ करोड लागत अनुमान गरेको छ। केवलकार ३ किलोमिटर लम्बाइको हुनेछ। केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.