अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थान

75

काठमाडौं । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसारअर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्किएको छ ।गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको  यसअघि अर्जेन्टिना सन् २०१६ को अप्रिलदेखि सन् २०१७ को अप्रिलसम्म वरीयताको शीर्ष स्थानमा थियो ।

कतार विश्वकपपछि भएको मैत्रीपूर्ण खेलमा पानामालाई २–० र क्युराकाओलाई ७–० ले पराजित गरेपछि अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको हो  फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स यसअघि वरीयताको तेस्रो स्थानमा थियो । तेस्रो स्थानमा ब्राजिल रहँदा चौथो स्थानमा बेल्जियम यथावत छ ।

b 4
Leave A Reply

Your email address will not be published.