आज पनि भएन सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ

65

 काठमाडौं।  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। इजलासले उक्त मुद्दा आज हेर्न नभ्याएको अदालतले जनाएको छ।गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

b 4
Leave A Reply

Your email address will not be published.