कपिलवस्तुकाे शिवराज नगरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदाायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ। गत सोमबार शिवराज नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।नगरपालिकाद्वारा जारी विज्ञप्तिमा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा भएको उल्लेख गर्दै अंग्रेजी तथा नेपाली वा अन्य कुनै पनि माध्यमबाट दिइने शिक्षा पूर्ण रुपमा निःशुल्क हुने जनाएको छ। साथै कुनै प्रकारको शुल्क नलाग्ने नगरपालिकाले सुनिश्चिता गरेको विज्ञप्तिमा भनिएको छ।