भैरहवा । लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने भएको छ। नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा नपरेका मुलुकका श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन।
लुम्बिनीमा १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका विभिन्न ३९ वटा देशका मुद्रा राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएको थियो। तर अब यी मुद्रामध्ये २० वटा देशको मुद्रा भने सटही हुने भएको छ। लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवासँग अपरिवर्त्य मुद्राको सटहीका लागि सम्झौता भएको बताए।
नेपाल लाइभ