‘भगवानलाई नि दशा लाग्छ रे, म त सामान्य मान्छे हुँ, :रवि लामिछाने

81

काठमाडौं । दचितवनमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावको मुखमा आएर आफूमाथि अनेक षडयन्त्र भइरहेको बताएका छन्। उनले आफूविरुद्ध जति मुद्दा हाले पनि नडराउने उल्लेख गरे।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीका क्रममा मतदाताहरुसँग उनले भने, ‘म मुद्दा लड्न डराउँदिन, यी षडयन्त्रहरूबाट निस्कन सक्ने साहस भने मलाई दिनुस्।’उनले आफूविरुद्ध विदेशमा गएर मुद्दा हाले पनि नडराउने र अबको ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनाउने समेत घोषणा गरे।

‘भगवानलाई नि दशा लाग्छ रे, म त सामान्य मान्छे हुँ, मलाई नि एकपटक दशा लाग्यो,’ उनले भने। उनले एक महिना सरकारमा रहेका बेला पुराना भ्रष्टाचारको फाइल खोल्ने घोषणा गरेसँगै डरले सबै मिलेर आफूलाई फसाउन लागि परेको बताए।

Leave A Reply

Your email address will not be published.