उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँः बाबुराम भट्टराई

65

काठमाडौं । वेशाख १० मा हुने उपनिर्वाचनमा  विचार पुर्‍याएर भोट हाल्न  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले  अपिल गरेका छन्। भट्टराईले आफनाे टुइटरमा स्टाटस शेयर गरदै ‘चुनाव केही वर्ष-महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव-उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’ भनेका छन ।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै केही नेतालाई सत्तामा पुर्‍याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको भन्दै विचार पुर्‍याउन मतदातालाई अपिल गरेका हुन्। बारा-२ बाट उपेन्द्र यादव फेरि चुनाव लड्दैछन्। उनी गत निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले विजयी भएका थिए। वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा उपनिर्वाचन हुँदै छ।  त्यसका लागि आज तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गरिँदै छ। त्यसलाई लक्षित गर्दै भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन्।

Leave A Reply

Your email address will not be published.