काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा सांसदहरुको उपस्थितिका विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा उनले राज्यलाई व्ययभार थपेर खाली संसद् चलाएर के काम भन्दै प्रश्न गरे । श्रेष्ठले बैठकमा मन्त्री उपस्थित नभएर राज्यमन्त्रीको मात्रै उपस्थितिमा बैठक चलेको पनि बताए ।
उनले शून्य समयमा उठेका विषयको सुनुवाइ नएको भन्दै उक्त समयलाई नसुन्ने समय जस्तो बनाएको आरोपसमेत लगाए । कर्मकाण्डी हिसाबले मात्रै संसद् चलेको आरोप पनि उनको छ ।“कर्मकाण्डको हिसाबले संसद्मात्रै चलाइराख्ने, यसले जवाफदेहिता पनि नदिने, समस्याहरुको समाधान पनि नगर्ने भए साँच्चै यो संसद्ले राज्यलाई व्ययभार मात्रै थपिराखेको छ,” बाह्रखरी