अहिले मुलुक उपनिर्वाचनको तयारीमा होमिएको छ । बैशाख १० गते हुने चितवन–२, तनहुँ–१ र बारा–२ को उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसको लागि दलहरुले आन्तरिक तयारी पूरा गरेका छन् । कांग्रेसले भने यसपटक बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
पार्टीमा रहदा आफूलाई सभापति देउवा र उनकी पत्नी डा. आरजु राणाले सधैं हेपेको र पेलेको भन्ने गम्भीर आरोप लगाएर कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरी तनहुँ बाट उम्मेद्वारी दिएका अर्थ विद स्वर्णिम वाग्ले लाइ तनहुँ बाट परास्त गर्न कांग्रेसले उनकै पुराना साथी कांग्रेस महामन्त्री गगनकुमार थापाका थापालाइ दिएका छन ।गगनले गत मंसिरमा भएको निर्वाचनमा उनै स्वर्णिमलाई काठमाडौं–४ बाट चुनाव उठाउन चाहेका थिए । तर, सभापति देउवाकै कारण उनको योजना सफल भएन । गगन र स्वर्णिमको सम्बन्धबारे राम्रो जानकार रहेका देउवाले यसपटक उनीहरुको सम्बन्धमा फाटो ल्याउनेगरि कदम चालेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत तनहुँ–१ को निर्वाचनको कमाण्डर महामन्त्री थापालाई बनाएका छन् । थापा पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनको लागि तनुहँ हानिएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने चितवन–२ खटाईएको छ । सभापति देउवाले थापाको काँधमा स्वर्णिमलाई हराउने जिम्मेवारी थोपरिदिएका छन् ।
स्राेतः रिपाेर्टस नेपाल