कांग्रेसले बारा २ मा उपेन्द्र यादवलाई सघाउने

77

काठमाडौं ।  आगामी वैशाख १० गते हुने प्रतिनिधी सभाकाे उपनिर्वाचनमा बारा जिल्लाकाे क्षेत्र नंं २ मा  जसपाका उम्मेद्वार उपेन्द्र यादवलाइ सघाउने भएकाे छ । नेपाली काग्रेसकाे आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.