मेयरको सट्टामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

74

रौतहट जिल्लाकाे  देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साह मेयरका ज्वाइ रहेको जनाइएकाे छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

अनलाइन् खवर

b 4
Leave A Reply

Your email address will not be published.