आज देखि मकर जितुमाया सुरी हाइड्रोपावरकाे आइपिओ खुल्ला

62

 काठमाण्डाैँ । आज देखी मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड कम्पनीकाे आइपिओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएकाे  छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि वितरण गरेको हो।उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।कम्पनीको आइपिओमा छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

b 4
Leave A Reply

Your email address will not be published.