छत्रदेव गाउँपालिका द्वारा किसानले उत्पादन गरेको वस्तु बजार पु–याउन निःशुल्क ढुवानी गर्ने

73

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु–याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभर पायक पर्ने तीन स्थानबाट रुट मिलाई निःशुल्क बुटवल बजारसम्म पु–याउने भएको हो । किसानले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीलगायत कृषि तथा खाद्य वस्तु बुटवलमा बिक्री हुँदै आएको छ । किसानले आफ्नो उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा ढुवानी लागत बढी पर्ने भएकाले महँगो हुने गरेको छ ।
किसानले उत्पादन गरेको तरकारी आगामी वैशाख पहिलो हप्तादेखि बजारसम्म पु–याउने गरी सबै प्रक्रिया पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । व्यावसायिक किसानको उत्पादन बिक्री वितरणमा सहज होस् भन्ने हिसाबले कार्यक्रममै समेटर अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

 

b 4
Leave A Reply

Your email address will not be published.