काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी प्रचण्ड नेतृत्वकाे सरकारमा श्रम रोजगार तथाञसमाजिक सुरक्षा मन्त्री बने सँगै पञ्चायतदेखि गणतन्त्रसम्म नेता १९ औं पटक मन्त्री भएका छन् । उनी प्रथम पटक २०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री बनेका थिए । उनले श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका छन् । २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी पटक पटक चुनाव जित्दै मन्त्री हुँदै आए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका भण्डारी बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए । २०७४ र २०७९ साल मा भएको प्रतिनिधिसभा चुनावमा महोत्तरी १ बाट चुनाव जितेका थिए ।
राताेपाटी