भिम रावललाई कारबाही गर्ने उपाध्यक्ष पौडेलकाे चेतावनी

64

धनगढी । शुक्रबार कैलाली जिल्लाकाे सदरमुकाम धनगढीमा प्रेस चौतारी द्वारा  आयाेजित  पत्रकार सम्मेलनमामा बाेल्दै  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका छन् । नेता रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले, रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए ।

पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए ।‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेकाे बताएका छन ।

b 4
Leave A Reply

Your email address will not be published.