बैशाख १ गतेबाट स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गरिने

74

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी  वैशाख १ गते बाटवैदेशिक रोजगारी का लागि स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानी तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत गर्ने निर्णय गरेको प्रवक्ता डण्डुराज घिमिरेले बताए। मन्त्रालयले १५ दिनभित्र रोजगार सेवा केन्द्रका कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने भएको छ।

वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, व्यवस्थित, पारदर्शी तथा सहज बनाउने साथै नजिकको स्थानीय तहबाटै सेवा दिने उद्देश्यले स्थानीय तहबाटै सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका सम्पूर्ण सूचना स्थानीय तहबाटै पुर्‍याउन लागिएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। दाहालले यसअघि २ वर्षको श्रम स्वीकृति हटाएर गन्तव्य मुलुक अनुसार श्रमस्वीकृति दिइने, गन्तव्य मुलुकबाट श्रमस्वीकृति नवीकरण गर्न सकिने निर्णय गरेका थिए।  अन्नपुर्ण पाेष्ट

Leave A Reply

Your email address will not be published.