अर्थविद् डा. स्वर्णिम वाग्ले द्वारा कांग्रेस छाडेकाे घाेषणा

72

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । वाग्लले नेता कोइरालालाई पठाएको सन्देश महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई पनि पठाएका हुन् । वाग्लेले सभापति शेरबहादुर देउवाको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । वाग्ले वैशाख १० मा तनहुँ –१ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

b 4
Leave A Reply

Your email address will not be published.