काठमाडौं । वैशाख १० मा हुने उपचुनावमा कांग्रेसनिकट युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट तनहुँ-१ मा उपचुनाव लड्ने चर्चा सुरू भएको छ । स्रोतका अनुसार डा. वाग्ले अहिले तनहुँ १ मै गएर त्यहाँको वस्तुस्थिति बुझिरहेका छन् । पर्सिसम्ममा उनको उम्मेदवारीको औपचारिक घोषणा हुनसक्ने स्रोतले दाबी गर्यो । वाग्ले रास्वपाका सांसद शिखिर खनालसँगै तनहुँ गएको बताइएको छ ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले तनहुँ १ को उम्मेदवारीमा पार्टीले ‘सरप्राइज दिने’ बताएका छन ।‘अहिल्यै खुलासा नगरौं, तर तनहुँ १ मा उम्मेदवारको नामले नै भाइब्रेसन आउनेछ,’ डा. ढकालले भने । गत मंसिर ४ का भएकाे प्रतिनिधी सभा चुनावमा तनहुँमा रास्वपा चौथो भएको थियो । रास्वपाले सो क्षेत्रमा समानुपातिक मत भने १२ हजार कटाएको थियो ।