कपिलबस्तु । प्राचीन शाक्य गणराज्य महामानव गौतम बुद्धको क्रिडास्थल ,पवित्र पावन भुमि कपिलबस्तुमा रहेका धार्मिक,साँस्कृतिक,ऐतिहाँसिक,पुरातात्विक तथा पर्यटकिय सम्पदाहरुको बृहत्तर विकासका लागि कपिलबस्तु विकास कोषको माग गर्दै राजनितिक प्रतिबद्धता व्यक्त गराउन लागि २०७९ चैत्र १८ गते कपिलबस्तु नगरपालिकाको बैठक कक्षमा बस्नेगरी सर्वदलिय बैठक आवहन गरिएको सँस्थाका अध्यक्ष हरिश चन्द्र खनालले बताएका छन । सयौ पुरातात्विक सम्पदाहरु रहेको कपिलबस्तु जिल्ला सँभावनै सँभावनाले भरिपूर्ण भए ता पनि राज्यको कारण नै सम्पदाहरु ओझेलमा परेको जानकारहरु समेत बताउने गर्दछन ।
स्वदेशी पर्यटक वा विदेशी जो भए पनि कपिलबस्तु आएर निराश भएर फर्कने गरेको स्थानीय तथा पर्यटक गाईडहरु बताउछन । शाक्यमुनी गौतम बुद्धले २९ बर्ष जीवन व्यतित गरेको तिलौराकोट, आशोक स्तम अवस्थित रहेको कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा , आशोक स्तम्भ अवस्थित रहेको क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा,बोधिसत्व प्राप्त गरे पश्चात सर्वप्रथम आमा,बुबा लगायत परिवारलाई भेट गरको स्थल कुदान, हजारौ शाक्यबँशीहरुको सामुहिक बध गरिएको स्थल सग्रहवा (लम्बुसागर),औराकोट,सिसहनियाकोट,शिवगढी किल्ला,मधुबन धाम,कपिलधाम,तौलेश्वरनाथ मन्दिर,रामघाट,दोहोनिकोट लगायत सयौँ सम्पदाहरु अध्ययन,अनुसन्धान ,सँरक्षणसँगै विकासको पखाईमा रहका छन ।
कपिलबस्तु जिल्लाको सर्वाङ्गीण विकासका लागि सरकारी तहबाट छुटै स्वयत्त सार्वजनिक सँस्था निर्माण नभएसम्म कपिलबस्तु जिल्लाको विकास हुन नसक्ने स्थानीयहरु समेत बताउने गरेका छन । कपिलबस्तु विकास कोष गठनको अभियानलाई प्रक्रियागत ढँगबाट अगाडि बढाउनकै लागि कपिलबस्तु पर्यटन विकास समिति गठन गरिएको अध्यक्ष खनाल बताउँछन । कपिलबस्तु विकास कोष गठनका लागि सँकल्प प्रस्ताव पारित गरी आवश्यक कागजात सहित नेपाल सरकारका प्रधानमन्त्रीलाई भेट गरी कपिलबस्तु विकास कोष गठनका लागि मागपत्र पेश गर्ने पुर्वनिधारित कार्यक्रम रहेको बताएका छन । यसै अभियान अन्र्तगत समितिले २०७९ माघ २५ गते पुरातत्वविद्,बौद्ध दर्शनका विज्ञ विद्यार्थी एवम साहित्यकारहरुसँग अन्तरक्रिया गरी कपिलबस्तु विकास कोष गठनको सँभाब्यता अध्ययन गर्न एक सँभाब्यता अध्ययन प्रतिबेदन समिति गठन गरेको थियो र उक्त अध्ययन समितिको प्रारम्भिक प्रतिबेदन अन्तिम तयारीमा रहेको र उक्त प्रतिबेदन विशेष कार्यक्रम गरी सर्वजनिक गरिने अध्यक्ष खनालले बताएका छन ।
कपिलबस्तु विकास कोषको अभियानलाई नितिगत तहबाट निर्णय गराउन राजनितिक दलहरुको विषेश भुमिका रहने हुँदा कपिलबस्तु विकास कोष गठनका लागि राजनितिक प्रतिबद्धता व्यक्त गर्न सर्वदलिय बैठक राखिएको छ । उक्त राजनितिक प्रतिबद्धता ऐतिहाँसिक दस्तावेज मात्र नभई समग्र कपिलबस्तु जिल्लाको चौतर्फि विकास र आर्थिक समृद्धीका लागि कोसेढुँगा सावित हुने अनुमान गर्न सकिन्छ ।