यस पटककाे आइपिएल १३ भाषामा कमेन्ट्री गरिने

75

काठमाडौँ ।  मार्च ३१ गते शुक्रबारदेखि सुरु हुने १६ औं सिजनकाे आइपिएल हिन्दी, अङ्ग्रेजीलगायत १३ भाषामा कमेन्ट्री हुने भएको छ । यस पटक आईपीएलमा पहिलो पटक पञ्जाबी, उडिया र भोजपुरी भाषामा पनि कमेन्ट्री हुनेछ ।  जियो सिनेमामा १३ भाषामा प्रसारण हुनेछ । स्टार टिभी र जिओ सिनेमामा अंग्रेजी, हिन्दी बाहेक तमिल, तेलुगु, कन्नड, मराठी, गुजराती, बंगाली, मलयालम भाषाहरूमा कमेन्टरी हुनेछ। यस बाहेक पञ्जाबी, उडिया र भोजपुरीमा जियोको  क्रिकेटको लाइभमा कमेन्ट्री हुनेछन् ।

कमेन्टरीमा अष्ट्रेलियाका पूर्व कप्तान आरोन फिन्च र अस्ट्रेलियाली क्रिकेटर स्टिभ स्मिथ रहेका छन् । उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स साँझ नेपाली समयानुसार पौने ८ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नेछन् । ५९ दिनसम्म चल्ने यस प्रतियोगितामा १० टोलीबीच जम्मा ७४ खेल हुनेछन् । प्रत्येक टोलीले १४ खेल खेल्नेछन् । ७ घरेलु र ७ खेल विपक्षी टोलीको मैदानमा खेल्नेछन् । लिग चरणमा १० टोलीबीच ७० वटा खेल हुनेछन् । लिग चरणपछि अंक तालिकाको शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् ।

b 4
Leave A Reply

Your email address will not be published.