सुर्खेत । रामनवमीको अवसरमा कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ। फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत्र १६ गते बिहीबार चैत्र शुक्ल नवमी ( रामनमवी )काे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए। त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो।