कपिलवस्तुकाे ओदारीमा १९८३ किलाे अवैध चिनी बरामद

63

ताैलिहवा ।  कपिलवस्तु जिल्लाकाे बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा  भारतबाट अवैध रूपमा भित्राइएकाे १९८३ किलाे  चिनी प्रहरीले बरामद गरेकाे छ ।   वेबारिसे अबस्थामा ओदारी स्थित सडकको छेउमा  ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो । १ लाख बाराबरको भंसार छली अवैध रूपमा ल्याउदै गरिएकाे चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले सो चिनी बरामद गरेको हो । ९९ हजार १५० रुपैया मुल्य कायम गरी बरामद गरिएको चिनी सुठौली भन्सार चलान गरिएको निरीक्षक बोहोराले जानकारी दिनुभएकाे छ  । उक्त चिनी चाकरचौडा नाकाबाट अबैधरुपमा भित्राइएकाे हुन सक्ने जनाइएकाे छ ।

 

b 4
Leave A Reply

Your email address will not be published.