काठमाडौं । आज आकाशमा खगोलीय संयोग हुँदै छ । आकाशमा एक पङ्क्तिमा पाँच ग्रहहरू देखिँदै छन् ।बृहस्पति, बुध, शुक्र,अरुण र मङ्गल ग्रह राती आकाशमा सँगै देखिनेछन् । यो संसारका सबै भागबाट देख्न सकिन्छ। ग्रहहरू एक सीधा रेखामा देखिनुलाई ‘प्लानेटरी अलाइनमेन्ट’ भनिन्छ। यो कुनै अद्वितीय खगोलीय घटना भने होइन। यो एक प्रकारको ‘अप्टिकल’ भ्रम हो। यसलाई ‘ग्रहहरूको परेड’ पनि भन्ने गरिएको छ ।