अब ट्रायल पास गरेकाे एक हप्तामा लाइसेन्स पाइने

60

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो । सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन् विभागले अहिले नयाँ प्रिन्टर खरिद गर्दै छ । त्यसका लागि गत हप्ता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । नयाँ प्रिन्टर खरिद गरेपछि २ वटा प्रिन्टरबाट कार्ड छपाइ हुनेछन ।

‘कसैले ट्रायल पास गरेर लाइसेन्सको राजस्व बुझाउछ भने त्यसको एक हप्तामा कार्ड दिने गरी तयारी सुरू गरेका छौं,’ महानिर्देशक भट्टराईले भने, ‘त्यसै उद्देश्यसहित नयाँ प्रिन्टर खरिद गर्न लागेका छौं । कार्ड पनि त्यसै अनुसार खरिद गरिरहेका छौं ।’यो सबै तयारी गर्न ५-६ महिना लाग्ने उनले बताए । यसका लागि विभागले कानुन संशोधनको समेत तयारी गरेको छ । हाल विभागले ट्रायल पास गरेको एक वर्षसम्म परीक्षणकालिन लाइसेन्स र त्यसपछि मात्रै स्थायी ड्राइभिङ लाइसेन्स दिदै आएको छ ।

 

 

b 4
Leave A Reply

Your email address will not be published.