वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

72

बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषलेले आठ कक्षाको परीक्षा दिएका छन्।pgn] खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन्।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ। शेषका छोरा कक्षा ९ मा पढ्छन्। भतिजो पनि पढेलेखेका छन्। छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका  हुन्। भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे।शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन्। भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए।

देश सन्चार

 

b 4
Leave A Reply

Your email address will not be published.