काठमाण्डाै । आज देशभरको मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि सामान्यतया मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको केहीदिन मौसम यस्तै रहने अनुमान छ । तीन दिनको मौसम पूर्वानुमान अनुसार तत्काल पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँ र हिमाली क्षेत्रमा बेलुकापख हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । उज्यालाे अनलाइन