नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिका-५ मा रहेको तालदेवी सामुदायिक वन भित्र बम भेटिएका हुन । जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै ठाउँमा ९ वटा बम भेटेका थिए । भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन् । उनका अनुसार ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् । बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ । नेपाली सेनासँग पनि समन्वय गरिएको छ ।