क्रिकेटर सन्दिप लामिछानेकाे मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

73

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको आरोपबारे काठमाडौँ जिल्ला अदालतले आज पेसी तोकेको छ । सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानून व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानून व्यवसायीले बहस गर्ने जनाइएको छ। काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो । त्यस्तै  फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो

\

b 4
Leave A Reply

Your email address will not be published.