लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी अल्पमतमा

70

बुटवल  ।  लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिएको हो ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका ३ मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
 

b 4
Leave A Reply

Your email address will not be published.