प्रधानमन्त्रीले सोमबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि दलहरूले मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाउनु पर्नेछ । सरकारमा सहभागि भएपछि रास्वपालाई ३ वटा मन्त्रालय पाउने छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ भने माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने छ ।यस्तै, नेकपा (एकीकृत समाजवादी) ले ३, जसपा २, आम जनता पार्टीका सभापति प्रभु साह र लोसपालाई १÷१ मन्त्रालय दिइने छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने छन् । रास्वपाले यसपटक विराजभक्त श्रेष्ठ, सोविता गौतमलगायतलाई मन्त्री बनाउने तयारी गरेको छ ।