ब्राजिल मोरक्कोसँग २-१ गाेल अन्तरले पराजित

73

फिफा वरीयतामा १ नम्बरमा रहेको ब्राजिलले स्तब्धपूर्ण पराजय बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल अफ्रिकन राष्ट्र मोरक्कोसँग २-१ गोल अन्तरले पराजित भएको हो । मोरक्कोका लागि बोउफल र अब्देलहामिद साविरीले एक-एक गोल गरे । मोरक्कोमा भएको मैत्रीपूर्ण खेलमा बोउफलले २९ औं मिनेटमा गोल गरे । ब्राजिलका लागि ६७ औं मिनेटमा कासिमेरोले गोल गरे पनि हार भने टरेन ।

मोरक्कोका लागि बोउफल र अब्देलहामिद साविरीले एक-एक गोल गरे । मोरक्कोमा भएको मैत्रीपूर्ण खेलमा बोउफलले २९ औं मिनेटमा गोल गरे । ब्राजिलका लागि ६७ औं मिनेटमा कासिमेरोले गोल गरे पनि हार भने टरेन । ७९ औं मिनेटमा साविरीले मोरक्कोका लागि गरेको गोल नै निर्णायक हुन पुग्यो ।  मोरक्को कतार विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको देश हो । ब्राजिल भने कतार विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

Leave A Reply

Your email address will not be published.