अर्घाखाँची । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजानिक गरेकाे राष्ट्रिय जनगणना २०७८ अनुसार अर्घाखाँचीकाे जनसङख्या १,७७,०८६ रहेकाे छ । याे २०६८ सालकाे जनसंख्या भन्दा १.०५ प्रतिशतले कम हाे । २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार अर्घाखाँचीमा पुरूषकाे जनसंख्या ८०,६७२ अर्थात ४५.६ प्रतिशत रहेकाे छ भने महिलाकाे जनसंख्या ९६,४१४ अर्थात ५४.४ प्रतिशत रहेकाे छ । पुरूषकाे तुलनामा महिलाकाे संख्या १५,७४२ ले बढी रहेकाे छ । जिल्लाकाे जनघन्त्त्व १४८ प्रती वर्ग किमी रहेकाे छ ।