नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ। त्यसैगरी पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। जसअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ। जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।