रूपन्देही । रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बनियाँसँग रहेको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालले बनियाँ र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गालगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरूको नाममा जोडेको देखिएकाले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

२०७४ असार १४ गते जसपाबाट जितेका बनियाँ २०७९ वैशाख ९ गतेसम्म पदमा थिए । अख्तियारले २०७४ असार २१ गतेदेखि २०७८ फागुन ३० गतेसम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिएबापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ । गाउँपालिकामा तत्कालीन समयका विकासे आयोजनामा पनि उनी मुछिँदै आएका थिए । नेपाल प्रेस

 

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *