लुम्बिनीमा दिगो बिकास लक्ष्य प्राप्तिका लागि अभिमुखिकरण कार्यक्रम शुरु

67

बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो बिकास लक्ष्य प्राप्तिका लागि श्राेत ब्यवस्थापन सम्बन्धि प्रदेश सभा सदस्यहरुको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम आजदेखि शुरु भएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ती मगर ज्युको सभापतित्व तथा मुख्यमन्त्री माननीय लिला गिरि ज्युको प्रमुख आतिथ्यतामा शुरु भएको अभिमुखिकरण दुई दिन सम्म संचालन हुने आयोजक प्रदेश सभा सचिवालयका सचीव दुर्लभ पुनले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्नुहुदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ योजना र कार्यक्रम लक्षित गरिएको बताउनुभयो।

लुम्बिनी प्रदेशका समृद्धिका आधारहरु तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको उल्लेख गर्र्दै मुख्यमन्त्री गिरीले राजनीतिक स्थायीत्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताउनुभयो । मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्नेगरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताउनु भयो । कार्यक्रममा लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले दिगो विकास लक्ष्य पुरा गर्नको लागि सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरि काम गरिने बताउनु भयो । दिगो विकास लक्ष्य अनुरुप प्रदेशको कानुन निर्माण गर्नु पर्ने धारणा राख्नुहुदै उहां त्यसको लागि सोही अनुसारको पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

विपक्षी दलका नेता दिल्ली चौधरीले नेपालको लागि सहयोग गर्ने दातृ निकायले जनतामुखि भएर योजना बनाउन नसकेको बताउनु हुँदै मुख्य लाभान्वित बर्ग सम्म कार्यक्रम लैजान सुझाव दिनु भयो । युनडिपिका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो बिकास लक्ष्य अनुसार काम गर्न नीतिनिर्माताको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा. स्वर्णीम वाग्ले अभिमुखिकरणमा सहजीकरण गर्नु भएको छ । कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुबेदिले गर्नु भएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.