कपिलवस्तु । चैत्र ५ मा भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचनमा नक्कली विद्यार्थीलाई सहभागी गराएको भन्दै नेविसंघले बुद्धभुमी बहुमुखी क्याम्पसमा ताला बन्दी गरेको छ ।नेपाल बिद्यार्थी संघ इकाई कार्य समिति बुद्धभूमिले जिल्लाको बुद्धभूमी क्याम्पस चौवन्नपूरमा ताला बन्दी गरेको छ । राजनैतिक ओतपाेतकाे आधारमा शैक्षिक याेग्यता नपुगेका व्यक्तिलाइ सम्मिलित गराइ क्याम्पस भर्ना गरिएकाे र नक्कली कागजाज मिलाइ स्ववियु निर्वाचनमा एकलाैटी गरिएकाेमा यस्ताे कार्यकाे भ्रत्सना गर्दै नेविसंघले बुद्धभूमी क्याम्पसको प्रशासन शाखामा ताला लगाएको इकाई सभापती जीवन प्रसाद भुसालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो । साथै अध्ययन अध्यापन भने सुचारु रहने इकाई सभापती जिवन प्रसाद भुसाल ले बताउनुभयो । बुद्धभूमी क्याम्पसमा अनेरास्ववियुको समुह जितेको थियो ।
प्रेस विज्ञप्ती