कपिलवस्तुकाे सिमावर्ती क्षेत्रमा १३ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

77

 ताैलिहवा ।  कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुर सीमावर्ती क्षेत्र बजारमा १३ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ परेका छन्। मर्यादपुरकाे एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित दुई भारतीय नागरिकलाइ विशेष सुराकीका आधारमा प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले पक्राउ गरिएकाे हाे । भारत काे सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने वर्ष ३२ का फैसल अहमद र ४२ बर्षीयको विनोद यादव सो नक्कली नोटसहित पक्राउ परेको हुन्।

नक्कली नोट गुणस्तरीय रङ्गिन प्रिन्टरबाट प्रिन्ट गरिए जस्तो देखिएको छ। तर प्रिन्ट गरिएको वा छापिएको त्यसको यकिन भने भएको छैन। नियन्त्रणमा लिइएका दुई जना माथि मुद्रा सम्बन्धि कसुर सम्बन्धी मुद्दा चलाई थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।

Leave A Reply

Your email address will not be published.