काठमाडौं । भैरहवास्थित गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र भारतको नयाँदिल्ली उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने भएको हो । निगमले बैशाख तेस्रो साताभित्र उडान सुरु गर्ने योजना बनाएको छ । यसअघि पनि निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन ।