दीपक जैसवाल । रुपन्देहीको गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक तथा निजी विद्यालयमा पुगेर अनुगमन गरेका छन् । पालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष सुरेन्द्र पौडेल अनुगमन गरेका हुन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालय मै पुगेर अनगुमन गरिएको अध्यक्ष पौडेलले बताए । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ, विद्यार्थी र अभिभावकहरुलाई उनले भने, यदि कुनै विद्यालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् । कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले सहजता पुर्वक परिक्षा दिन अध्यक्ष पौडेलले विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।
अनुगमन समिति संयोजक समेत रहेका अध्यक्ष पौडेलले कुनै पनि विद्यालयमा हुनै लापरवाही एंव ढिला सुस्ती सह्य नहुने बताए । शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा विद्यालयमा अनुगमन गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताए । अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष पौडेल, गाउँपालिका उपध्यक्ष मधुरी जैसवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, शिक्षा शाखा प्रमुख माधव राज पौडेल लगायतको सहभागिता रहेको थियो